मेलबर्न । भिक्टोरियामा मंगलवार भीषण आँधीहुरी आउँने चेतावनी दिइएको छ ।

आँधीवेरीबाट सुरक्षित हुन घरबाट बाहिर ननिस्कन मौसम विभागले सचेत गराएको छ । मंगलवार विहानैदेखि दक्षिण पश्चिम क्षेत्रको गिप्पस्ल्याण्ड र उत्तरपूर्वी क्षेत्रमा एक सय किलोमिटर प्रतिघण्टाको वेगमा आँधीवेरी चल्ने मौसम विभागले जनाएको छ । यस्तै तापक्रम शून्य डिग्री सेन्टीग्रेडसम्म पुग्ने बताइएको छ ।

यस्तै भिक्टोरियाको दक्षिणपश्चिम समुद्री तटमा सात मिटरसम्म छाल आउँने अनुमान गरिएको छ ।

Please follow and like us:

Comments