मेलबर्न । नेपालमा गत वर्षको वैशाखमा गएको महाविनाशकारी भूकम्पले सम्पदास्थलमा पारेका क्षति र पुननिर्माणको प्रयासहरु अब फोटोमा हेर्न पाइने भएको छ ।

भूकम्पले पारेको क्षति,भूकम्प पछि सम्पदास्थलहरुको अवस्था र भूकम्प प्रभावितहरुको दैनिकीलाई समेटेर फोटोग्राफर अरुण चित्रकारले खिच्नुभएका फोटोहरुको मेलबर्नमा प्रदर्शनी शुरु गरेका हुन् । नेपालको भूकम्प २०१५ फोटो प्रदर्शनी नाम दिइएको प्रदर्शनी मे १२ देखि १८ सम्म जारी रहनेछ ।

कलिन्स स्ट्रीटमा रहेको ब्लक अर्केडमा हुने प्रदर्शनी हरेक दिन ९ बजेदेखि ६ बजेसम्म चल्नेछ ।

Comments

comments