प्राण घातक एबोला भाइरस अनियन्त्रित रुपमा फैलिए पछि लाइबेरियाले देशभरका विद्यालय बन्दको घोषणा गरेको छ | संयुक्त राष्ट्र संघिय तथ्यांकका अनुसार हालसम्म एबोला भाइरसका कारण पश्चिमी अफ्रीकामा मर्नेको संख्या ६७२ पुगेको जनाएको छ | एबोला भाइरसको संक्रमणमा परेका बिरामीहरुले अस्पताल र स्वास्थ्य संस्था खचाखच छन् |  अत्याबस्यक सेवामा रहेका बाहेक सबै कर्मचारीहरुलाई २० दिनका लागि बिदा दिईएको छ | द्रुत गतिमा फैलिएको एबोला भाइरस निकै छिटो फैलिएको छ | लाइबेरिया, सेरा लियोन, गिनी लागायतका राष्ट्र उच्च संक्रमणको निकट रहेको युएस मानविय संस्था पिस क्रप्सले जनाएको छ | उसले लाइबेरियाको एबोला संक्रमित क्षेत्रमा खटिएका आफ्ना ३५० जना आफ्ना स्वयंसेवक हरुलाई समेत फिर्ता बोलाएको छ | सेवाक निम्ति खटिएका एक स्वयंसेवकको एबोला भाइरसका कारण ज्यान गए पछि उसले सो निर्णय गरेको हो |

के हो  एबोला भाइरस ?

पहिलो पटक गिनीमा फेला परेको भाइरस हो एबोला | यसको संक्रमण लाइबेरिया हुँदै सेरलियोन सम्म फैलियो | चमेरा बाट फैलिएको आशंका गरिएको एबोला भाइरस नियन्त्रण बाहिर छ |

एबोलाको संक्रमणले  अधिक ज्वोरो आउने, रक्तस्राव हुने , तथा सेन्ट्रल नर्भस सिस्टम नष्ट गर्छ |

एबोला संक्रमणमा परेका ९० प्रतिशत बिरामीको ज्यान गएको छ |

एबोलाले समाते पछि २ देखि २१ दिनको संक्रमण पश्चात ज्यान लिन सक्छ |

हाल सम्म कुनै पनि भ्याक्सिन र औषधि पत्ता लागेको छैन |

( समाचार/भिडियो  श्रोत : बीबीसी )

Comments

comments