एजेन्सी । भारत उत्तराखण्डको जंगलमा लागेको भीषण आगो नियन्त्रण बाहिर जान थालेपछि त्यहाँको सरकारले आगो निभाउन हेलिकोप्टरको प्रयोग गरेको छ ।

तीन वटा हेलकोप्टरमार्फत आगो निभाउने प्रयास गरिएको वीवीसीले हिन्दीले लेखेको छ । स्थानीय प्रशासनले आवश्यक परे थप हेलिकोप्टरको पनि व्यवस्था गर्ने जनाएको छ । आगलागी नियन्त्रण गर्न स्थानीय प्रहरी, वन अधिकारी, स्वंयसेवी, राष्ट्रिय विपद् रेस्पोन्स फोर्सलगायत झण्डै ६ हजार जनालाई खटाइएको छ ।

उत्तराखण्डको दुई हजार दुई सय ६९ हेक्टर क्षेत्रफल आगोको चपेटामा परेको हो । नागरिक बस्ति पनि जोखिममा देखिएको छ ।

Comments

comments