काठमाडौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेसन आजदेखि सुरु हुँदैछ ।

आजदेखि विराटनगरमा हुने पहिलो महाधिवेसनमा पार्टीको नयाँ नीति र नेतृत्वका विषयमा छलफल हुनेछ । विराटनगरको शहिद मैदानमा हुनेछ । ५० भन्दा बढी जिल्लाका ३ हजारभन्दा बढी प्रतिनिधि महाधिवेसनमा सहभागी हुनेछन् ।

महाधिवेसनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका नेताहरु सहभागी हुनुहुनेछ । भारतीय दलका नेताहरु विराटनगरमा पुगिसकेको छन् । महाधिवेसनले पार्टीको नाम फेर्ने र केही नयाँ नीति तय गर्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो । उहाँका अनुसार अब फोरम लोकतान्त्रिक मधेसमा मात्रै समिति नरहने गरि पार्टीको नामसहित नीति तय गर्न दवाव बढेको छ ।

विजयकुमार गच्छदार नेतृत्वमा हुने लागेको महाधिवेसनले फेरि गच्छदारलाई नै नेतृत्वमा ल्याउने देखिएको छ । उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ ।

Comments