काठमाडौं । फिल्ममा अभिनेत्रीहरुलाई कम लुगा लगाउँन दिएर फिल्मको व्यापार गर्न पल्केका निर्देशक राजु गिरिले यसपटक हद पार गरेका छन् ।

पोर्न स्टार बन्छु भनेर सस्तो पब्लिसिटी स्टन्ट गर्दै आएकी अर्चना पनेरुलाई लिड रोलमा लिएर उनले निर्माण गरेको पछिल्लो फिल्म जिस्मको फस्टलुकमै निर्देशक गिरिले हद पार गरेका हुन् । सुटिङको क्रमदेखि नै विवादित चलचित्र जिस्मको शनिबार सार्वजनिक भएको पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ । अनुमति विना नै सुटिङमा गएको यो फिल्मको त्यतिखेर नै नाम परिवर्तन गरेर अर्चना राखिएको थियो । तर अहिले पहिलेकै नाममा पोष्टर सार्वजनिक गरिएको छ । तर पोष्टरलाई चलचित्र विकास वोर्डले अनुमति दिनेमा भने शंका उत्पन्न भएको छ ।

राजु गिरी प्रोडक्शन प्रालिको व्यानरमा तयार भएको फिल्मलाई वितरक सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ भने अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापा लगायतको अभिनय छ ।

असार ३१ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले मात्रै छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको यो फिल्मलाई सेन्सरबाट उम्कन भने ठूलै संघर्ष गर्नुपर्ने अनुमान गर्न थालिएको छ ।

Comments

comments