मेलबर्न । तपाई अष्ट्रेलियाको व्यस्त जीवनशैली र दैनिकीबाट दिक्क हुनुहुन्छ ? यसो त्यसो हो भने तपाईलाई केही रिफ्रेसको आवश्यकता छ । अनि तपाई मोटोपनको शिकार भएर हैरान हुनुहुन्छ ? अथवा आलस्यताले दुख दिइरहेको छ ? यदि त्यसो हो भने विहान विहान डान्स र जुम्बाको स्वअभ्यास गर्नुहोस् । के तपाईलाई डान्स गर्न मनपर्छ ? हो भने खुशी हुनुहोस् । किनभने तपाईका यी सबै समस्याहरुको सम्बोधन गर्न द म्याजिक क्रिउले विशेष वर्कशपको आयोजना गर्दैछ ।

यही मे ७ शनिवारका दिन ब्रन्सवीकस्थित एनएलएस स्टुडियोमा द म्याजिक क्रिउले एक घण्टे निशुल्क जुम्बा र फ्रि स्टाइल डान्सको वर्कशप गर्न लागेको हो । उक्त वर्कशपमा इच्छुक जोकोहीले पनि सहभागीता जनाउँन सक्नेछन् । वर्कशपमा डान्सका स्टेप,स्टाइलका साथै आधारभूत टिप्सहरु समेत दिइनेछ ।

यो वर्कशपलाई केक टु नेपालले पावर्ड गरेको छ भने डाँफे हेयर एण्ड सैलुन टाइटल स्पोन्सर रहेको छ । साँझ ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुन लागेको वर्कसपको प्रचारप्रसारमा हिमालयन कङ्गारुले सहकार्य गरेको छ ।

Comments

comments