संयुक्त राष्ट्रसंघद्धारा सञ्चालित एक विद्यालयमा शरण लिएर बसेका १६ जना प्यालेस्टिइनी शरणार्थी सहित अन्य १०० जनाको ज्यान जानेगरी इजरायलले बुधबार बिहानी पख गाजा क्षेत्रमा हिंशात्मक आक्रमण गरेको सन्चार माध्यमहरुले जनाएका छन् | गाजामा जारी द्वन्द्वको कारण शरणार्थीको रुपमा बसेका व्यक्तिलाई समेत लक्ष्यगरी स्थानीय समयअनुसार बुधबार बिहान ५ बजे नै सयुक्त राष्ट्रसंघद्धारा सञ्चालित एक विद्यालयमा सो आक्रमण गरिएको राष्ट्र संघका अधिकारीले एएफपीलाई जनाएको समाचारमा उल्लेख छ ।

उत्तरी गाजापट्टिमा बुधबार बिहान सबेरै इजरायलीतर्फ भएको गोलाबारीमा एक ११ वर्षीया बालिकाको मृत्यु भएको बताइएको थियो भने तटीय क्षेत्रमा भएको अर्को गोलावारीमा अर्को एक १६ वर्षीया युवतीको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । त्यसैगरी गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई आक्रमणमा एकै परिवारका १० व्यक्तिको मृत्यु भएको बताइएको छ  ।  दक्षिण सहर राफाहमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको समाचार छ ।

अन्तर्राष्ट्रिय सन्चार मध्यमहरुका आनुसार  इजरायलले पछिल्लो आक्रमणहरुमा गाजामा एक हजार २६० वटा रकेट प्रहार गरिसकेको छ । सीमा क्षेत्रमा गरिएको रकेट प्रहारमा हालसम्म ५३ इजरायली सैनिक र पाँच सर्वसाधारण्को मृत्यु भएको जनाइएको छ ।

Please follow and like us:

Comments