मेलबर्न । अनमोल केसी र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित फिल्म गाजलु आउँदो जेठ २८ मा रिलिज हुँदैछ ।

रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशनमा बनेको यो फिल्म नेपालमा समेत रिलिज नुहँदै विदेश प्रदर्शनको अधिकार पनि बिक्री भएको छ ।

निर्माता अधिकारीले अष्ट्रेलिया, हङकङ र जापानको लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भएको बताए । अष्ट्रेलियाका लागि यो फिल्मको प्रदर्शन अधिकार नेपालीटच नामक संस्थाले महँगो रकममा किनेको छ । उसले २१ लाख रुपैयाँमा गाजलुको अष्ट्रेलिया कपि राइट किनेको दाबी गरेको छ ।

युवापुस्ताका स्टार अनमोल केसीको क्रेज र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ जोडिएकै कारण यति महँगो शुल्क तिर्न कम्पनी तयार भएको हुनसक्ने चर्चा हुन थालेको छ ।

जापान र हङकङको लागि भने गाजलुको प्रदर्शन अधिकार ५–५ लाख रुपैयाँमा रोहित फिल्मस्ले बेचेको छ ।

यो फिल्म जीवित देवी कुमारीको कथामा आधारित रहेको बताइएको छ ।

Comments

comments