एजेन्सी । भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन सरकारले उर्दी जारी गरेको छ ।

राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो उर्दी जारी गरेको हो । पछिल्ला दिनमा आगलागीका घटना बढेसँगै दिनैभरी खाना पकाउने काम नगर्न आग्रह गरेको हो । त्यसैगरी किसानलाई खेतबारीमा गहुँको भुस डढाउन पनि पूर्ण प्रतिबन्ध लगाइएको छ । बिहारका मूख्यमन्त्री नितिशकुमारको निर्देशनमा विभागले यस्तो निर्देश जारी गरेको हो ।

सरकारी निर्देशनलाई अटेर गर्नेमाथि कारवाही हुने भएको छ । ‘निर्देशन उल्लंघन गरेका कारण आगलागी भएको पाइए कडा कारवाही गरिने विभागले जनाएको छ । खाना पकाइसकेपछि पनि चुलोमा आगो निभाउन भनिएको छ ।

विभागका अनुसार विगत एक महिनामा बिहारमा राज्यमा आगलागीमा परेर ६७ जनाको मृत्यु भइसकेको छ ।

Please follow and like us:

Comments