मेलबर्न । बिगत १० वर्ष देखि निरन्तर रुपले बैदेशिक अध्ययनको लागि अष्ट्रेलिया आउँने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिदै आएको ग्रेस इन्टरनेशनलले अष्ट्रेलियाको अर्को ठूलो शहर एडिलेडमा शाखा विस्तार गरेको छ ।

यसअघि गत वर्ष मेलबर्नमा आफ्नो शाखा बिस्तार गरेको ग्रेसले मेलबर्नमा छोटो समयमै विद्यार्थीहरुबीच राम्रो प्रभाव पार्न सफल भएको छ । भर्खरै शुरु भएको एडिलेड शाखाले पनि छिट्टै प्रभाव जमाउँन सफल हुने प्रबन्ध निर्देशक रामचन्द्र पौडेलले बताउँनुभयो । ग्रेसको एडिलेड टिम सोचे भन्दा पनि राम्रो बनेको बताउँदै उहाले अष्ट्रेलियामा स्थाई बसोबास गर्न चाहनेहरुको लागि परामर्श दिने ग्रेस इन्टरनेशनल एडिलेडको पहिलो आधिकारिक सस्था भएको दाबी समेत गर्नुभयो । यसबाट एडिलेडमा रहेका नेपालीहरुले आप्रवासी नियम कानून सम्बन्धि आवश्यक सल्लाह र परामर्श लिन सकिने प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो !

ग्रेस इन्टरनेशनल जस्तो प्रतिष्ठित कन्सलट्यान्सीके शाखा एलिडेडमा पनि बिस्तार गर्न पाउदा आफु निकै उत्साहित भएको ग्रेस इन्टरनेशनलका निर्देशक  प्रकाश थापाले बाताउनुभयो । यो शाखाबाट शैक्षिक, आप्रवासी सल्लाहको साथै मोर्गेज सम्बन्धि काम पनि शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सोही अवसरमा ग्रेस इन्टरनेशनल मेलबर्नका निर्देशक दिपक आचार्यले आगामी १ बर्ष भित्र ग्रेस इन्टरनेशनलको शाखालाई अष्ट्रेलियाका सबै शहरमा बिस्तार गर्ने योजना बनाएर सोही अनुसार काम भैरहेको बाताउनु भयो ।

Comments