काठमाडौं । आफ्ना माग पूरा गराउँन चरणबद्ध आन्दोलनको घोषणा गरेको मधेसी मोर्चाले बुधवार सरकारलाई ज्ञापन पत्र बुझाउँदैछ ।

मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले मधेसमा २ प्रदेश माग्दै बुधबार सरकारलाई ज्ञापन पत्र बुझाउँन लागेको हो । देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइने गठबन्धनका नेताहरुले जानकारी दिएका छन् ।

आफ्ना माग सम्बोधनमा सरकारले बेवास्ता गरेकाले आन्दोलनको प्रारम्भिक चरणमा ज्ञापन पत्र बुझाउन लागिएको उहाँले बताउँनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिउँसो तीन बजे ज्ञापनपत्र बुझाइने गठबन्धनमा आबद्ध सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मदन परियार संयोजकत्वको राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन अनुसार मधेसमा २ प्रदेश हुनुपर्ने, कालाबजारी नियन्त्रण गर्नुपर्ने लगायतका २६ बुँदे माग ज्ञापनपत्रमा समेटिएका छन् ।

Comments