एजेन्सी । गरिव होस् वा धनी खानाका लागी सबैले पैसा तिर्नै पर्छ । तर क्यानडामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ गरिबले सित्तैमा खान पाउँछन् ।

क्यानडामा रहेको यो रेष्टुरेण्ट भारतीय ब्यापारीले संचालन गरेका हुन् । इण्डियन फ्युजन नाम गरेको यो रेष्टुरेण्टमा गरिबहरुलाई सामान्य खाना नभई स्पेशल खाना खुवाइन्छ । समाचार स्रोतहरुका अनुसार यो रेष्टुरामा गरिबहरुको रोजाइ अनुसारकै खाना खुवाइन्छ ।

भारतीय मूलका प्रकाश छिब्बरले चलाउँदै आएको यो रेष्टुरामा गरिब र मजदुरलाई सित्तैमा खुवाउन पाएको अवसरलाई उनले आँफुले असहायलाई सहयोग गर्न पाउनु अहोभाग्य भएको बताउँछन् । उनले गरिबहरुलाई खाना मात्रै नदिएर उनीहरुलाई भेज वा ननभेज जे माग्छन् त्यो अनुसारको सुविधा पनि उपलब्ध गराइएको बताउँछन् ।

Comments

comments