काठमाडौ । भूकम्प प्रभावित जिल्लाहरुमा सरकारले बर्षाअघि सामुहिक सेल्टर (साझा आवास) बनाउने भएको छ ।

वर्षा अघि प्रभावितहरुको घर बनाउन असम्भव भएपछि अप्ठ्यारोमा बस्न सरकारले साझा आवास बनाउने तयारी थालेको छ । एक गाउँमा एउटा यस्तो आवास बनाउने गरी गृहकार्य सुरु गरेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । जेठको अन्तिमसम्ममा साझा आवास बनाउने गरी सरकारले काम सुरु गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । उहाँले शहरी विकास मन्त्रालयले त्यसको प्रक्रिया अघि बढाएको र प्राधिकरणले पैसा निकासा गर्न लागेको बताउनुभयो ।

एउटा साझा सेल्टरमा कम्तिमा २० परिवार बस्ने मिल्नेगरि बनाउने तयारी छ ।

Comments

comments