काठमाडौ । सरकारले संसदको बजेट अधिवेसन बोलाउने विषयमा आज निर्णय गर्ने भएको छ ।

संसदको बजेट अधिवेसनका विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेसन बोलाउने विषयमा निर्णय गर्नेछ । सभामुख ओनसरी घर्तीले बैशाख २१ गतेको मिति नै तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बोलाउन सिफारिस गरिसक्नु भएको छ । संविधान अनुसार मन्त्रिपरिषदको निर्णयपछि सभामुखको परामर्शमा प्रधानमन्त्रीले सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सभामुख घर्तिले सरकारसँग परामर्श गरेर राष्ट्रपतिलाई पत्र लेखेको उहाँको सचिवालयले जनाएको छ । नयाँ संविधानको प्रवधानअनुसार वार्षिक बजेट जेठ १५ भित्र पेश गर्ने सरकारको तयारी छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम र प्रि बजेटका विषयमा छलफल हुनेछ ।

Please follow and like us:

Comments