काठमाडौँ । एक वर्षसम्म अन्धकार बारपाक आइतबार साँझबाट झिलिमिली भएको छ।

ग्त वर्षको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा रहेको बारपाक ग्रामीण विद्युतीयकरण प्रालिको पुनर्निर्माणसँगै बिजुली बलेको हो।

भूकम्पअघि पनि चौबीसै घण्टा बिजुली बल्ने नमुना पर्यटकीय गाउँ बारपाक एक वर्ष अन्धकार रह्यो। भूकम्पले भत्काएको लघु जलविद्युत पुनर्निर्माण भएसँगै बिजुली बलेपछि स्थानीय खुसी छन्।

बारपाककी १०२ वर्षीया कल्ली घलेले बिजुजी बलेसँगै बारपाले पुनर्जिवन पाएको बताइन्। घलेले भनिन्,‘अब त बिजुली बल्यो खुसी लागेको छ, बिजुली नहुँदा रातमा दिसा पिसाब गर्न जान पनि म बुढीलाई निकै गाह्रो भएको थियो।’

एक वर्ष लामो प्रयासबाट भूकम्प गएकै दिन बिजुली बाल्न सफल भएको बारपाक ग्रामीण विद्युतीयकरण प्रालिका वीरबहादुर घलेले बताए।

सो विद्युत पुनर्निर्माणको लागि एक करोड ६ लाख रुपैयाँ लागेको बारपाक ग्रामीण विद्युतीयकरण प्रालिले जनाएको छ।

Comments

comments