एजेन्सी । इन्डोनेसिया प्रहरीमा महिलालाई भर्ना गर्नुअघि उनीहरुको कुमारीत्व परीक्षण गरिन्छ । कुमारीत्व परीक्षण विवादित ‘टु फिंगर टेस्ट’बाट गर्ने गरिन्छ ।

कयौ मानवअधिकारवादी संगठन र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यसको आलोचना गरे पनि सरकारले यो क्रिया रोकेको भने छैन । महिला उम्मेवारले छनोट समितिका सामु परेड पनि खेल्नुपर्ने हुन्छ । जबकि कमिटिमा पुरुष मात्र रहने गर्दछन् । छनोट समितिमा रहेका पुरुष जजले त्यस्ता युवती छान्ने गर्दछन् जो सुन्दर छ।

virginity-test_police10_1एक रिपोर्टका अनुसार इन्डोनेसिया प्रहरीमा यो नियम सन् १९६५ देखि लागु गरिएको हो । स्मरणरहोस् इन्डोनेसियाको मोर्डन पुलिस फोर्सको देशको स्वतन्त्रतापछि सन् १९४६ मा बनेको हो । करिब २० वर्षपछि सन् १९६६ मा पुलिस पुलिस आर्मीको अधिनमा गएको थियो ।

woman-police-2सन् १९९९ मा राष्ट्रपति सुहारतोको राजीनामापछि पुनः पुलिस फोर्सलाई स्वायत्तता दिइएको हो ।

Comments

comments