नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश टिइस ठाकुर आइतबार एक सार्वजनिक कार्यक्रममा निकै भावुक मुद्रामा प्रस्तुत भए ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कार्यक्रममा सहभागि भएका प्रधानन्यायाधीश ठाकुरले भारतको न्याय प्रणालीमा दबाब देखिएको भन्दै कार्यक्रम स्थलमा आँसु नै चुहाए । भारतको न्यायक्षेत्रमा अधिक कामको दबाब बढेको र न्यायालयप्रति सर्वसाधरणको विश्वास गुमेको उनले बताए ।

उच्च अदालतका मुख्य न्यायाधीश र भारतका मुख्यमन्त्रीको एउटा संयुक्त सम्मेलनलाई उद्घाटन गर्दै उनले न्यायलयमा कामको चाप बढेको तर न्यायाधीशको संख्यामा भने कुनै परिवर्तन नआएको गुनासो गरे ।

न्यायलयमा मुद्दाको चाङ थुप्रिएको र सुनुवाई गर्न पर्याप्त न्यायधीशको अभाव रहेको उनको गुनासो थियो ।

Comments

comments