काठमाडौँ । सरकारले भूकम्प गएको एक वर्षको स्मरण गर्दै क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको काम विभिन्न चार स्थानबाट सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनः निर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनः निर्माण शुभारम्भबाट गर्नुभएको हो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पाटन दरबार क्षेत्रमा रहेको मणिमण्डपको पुनः निर्माण शुभारम्भ गर्नुभएको छ ।

वंशगोपाल मन्दिर, हनुमानढोकाको पुनः निर्माणको भने नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनः निर्माणको शुभारम्भ गर्नुभएको छ । भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनः निर्माणको कार्य सोमबार चार स्थानमा एकैपटक प्रधानमन्त्री तथा पार्टीका शीर्षनेताले शुभारम्भ गर्नुभएको हो ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदास्थलहरुको अझै पुननिर्माण हुन सकेको छैन ।

Comments

comments