नागोया । जापानको आइची प्रहरीले महिलाहरुको भित्री वस्त्रहरु चोरी गरेको अभियोगमा एक वृद्धलाई नियन्त्रणमा लिएको छ ।

निप्पोन न्यूज नेटवर्कका अनुसार श्रृंखलावद्ध रुपमा महिलाका पेन्टी र ब्रा जस्ता भित्री वस्त्रहरु चोरी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रवार नागोयाबाट उनलाई पक्राउ गरेको हो । ती व्यक्ति ६७ वर्षका छन् ।

मेगुओ निनोमिया नामक ती व्यक्तिले गत मार्च ७ मा मिनामी वार्डबाट गार्डेनमा सुकाइराखेको एक ८६ वर्षकी वृद्धा महिलाको दुईवटा पेन्टी चोरेर लगेका थिए । प्रहरीलाई दिएको वयानमा उनले आफूलाई महिलाहरुको भित्री वस्तप्रति लगाव रहेको बताएका छन् ।

सोही क्षेत्रमा विगत दुई वर्षदेखि भैरहेको महिलाका वस्त्र चोरीका घट्नाहरुमा उनकै हात रहेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले उनको अपार्टमेन्टमा खोजतलास गर्दा महिलाका ९९ वटा भित्री वस्त्रहरु बरामद भएको जनाएको छ ।

Comments

comments