एजेन्सी । पूर्वपोर्नस्टार एवं बलिउड अभिनेत्री अभिनयको दुनियाँबाट अब लेखन क्षेत्रमा पनि अघि बढ्ने भएकी छन् ।

सनी लियोनले ‘स्वीट ड्रिम्स’ नामक एउटा पुस्तक लेखेकी छन् । जसमा १२ वटा लघु कथा छन्। मस्तीजादेकी अभिनेत्री सनी लियोनले लेखनको सोच आफ्ने दिमागमा कहिल्यै नभए पनि आफूसँग भएको विचारलाई लिपिवद्ध गरेको बताएकी छन् । सनी लियोनले भनिन्–मेरो दिमागमा लेखन थिएन । म वर्षौदेखि अलगअलग कथाहरु र विचारहरुका बारेमा सोचिरहेकी थिएँ । तर मैलै कहिल्यै लेखिनँ । यो पहिलोपटक हो, मैले यसरी केही कुरा लेखेको । जब म सानी थिएँ तब म डायरी राख्ने गर्दथेँ, मेरी आमाले त्यो डायरी पढ्नुभयो, त्यसपछि मैले डायरी लेख्न थालेँ ।

३४ वर्षीया अभिनेत्री सनीले भनिन् जब प्रकाशकले १२ वटा लघु कथा लेखनका लागि मसँग सम्पर्क गरे, तब मैले त्यो चुनौति स्वीकार गरे र तीन महिनाभित्रै पूरा गरेँ ।

Please follow and like us:

Comments