मेबलर्न । गायक कर्णदासको एकल गायन कार्यक्रम आज अष्ट्रेलियाको मेलबर्नमा हुँदैछ ।

एक दशक लामो अमेरिका पलायनसँगै गीत संगीतबाट टाढिएका गायक कर्णदास गत असोजमा नेपाल फर्के लगत्तै पुनः संगीत क्षेत्रमा सक्रिय बनेका छन् । त्यसक्रममा उनको पहिलो विदेश कार्यक्रम मेलबर्नमा हुन लागेको हो । सेभेन इपिक इन्टर्टेन्टमेन्टको आयोजनामा थनबरी हलमा हुने लागेको कर्णदास मेलोडियस टुर लाइभ इन मेलबर्न नाम दिइएको यो कार्यक्रममा दर्शकहरुको राम्रो सहभागीता रहने आयोजकको विश्वास छ ।

जिन्दगीको के भरोसा,पूरानो डुङ्गा,भेटिएर छुट्टिनु भन्दा,व्यर्थै फेरि,अब आउँने साल लगायतका दर्जनभन्दा बढी गीत सदाबहार बनेका गीतहरु मध्येकै गीतको साथमा केही नयाँ गीत समेत गाउँने कर्णदासको योजना रहेको आयोजकले बताएको छ ।

Comments

comments