काठमाडौं । गत वर्षको वैशाखमा गएको भूकम्पबाट घरवास गुमाएकाहरुलाई सरकारले दिने भनिएको पुननिर्माण सहयोग अझै वितरण हुन सकेको छैन ।

यसका लागि भनेर सरकारले छुट्टै पुनर्निर्माण प्राधिकरण गठन गरे पनि अहिलेसम्म सहयोग र राहत नपाएपछि भूकम्प प्रभावित नागरिकहरुमा अन्यौल बढेको छ । तर पुननिर्माणका लागि दाताहरुबाट प्रतिवद्द रका भने धमाधम नेपाल भित्रिदैछ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि अहिलेसम्म दातृ निकायहरुले घोषणा गरेकोमध्ये १ खर्ब २९ अर्ब ४० करोड रुपैयाँ नेपाल भित्रिएको छ । ०७२ असार १० गते भएको सम्मेलनमा दाताहरुले ४ खर्ब ४० अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए ।

विभिन्न दाताहरुसँग अहिलेसम्म १ अर्ब २९ करोड ४० लाख अमेरिकी डलर बराबरको रकमका लागि सम्झौता भइसकेको छ अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले बताउँनुभयो ।

सम्झौता भइसकेको रकम सरकारले सीधै कार्यक्रम बनाएर खर्च गर्न सक्ने अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार चीनसँग ५ अर्ब ८० करोड, २५ अर्ब, जापानसँग २४ अर्ब ७० करोड, १३ अर्ब, २० अर्ब, २० अर्ब, १० अर्ब, ३४ अर्ब, अन्त्राष्ट्रिय मुद्रा कोषसँग ५० अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

सरकारले खर्च गर्न नसक्दा दाताहरुले दिएको रकमको उपयोग हुन सकेको छैन ।

Comments

comments