एजेन्सी । एउटा भनाइ नै छ जे हुन्छ चीनमा हुन्छ र जे गर्छ चीनले नै गर्छ । त्यसैले रोचक विचित्र र अनौठो तथ्यका लागि चीनलाई विश्वमा नै अग्र स्थानमा राखेर हेर्ने गरिन्छ । जसअन्र्तगत यतिबेला चिनिया जामको बिषयले सामाजिक संजालमा विशेष स्थान लिएको छ । जुन जामलाई विश्वकै लामोको संज्ञा समेत दिइएको छ ।

traffic jam 1११० किलोमिटरसम्म फैलिएको उक्त जाम खुल्न ११ दिन लागेको थियो । सिन्ह्वाका अनुसार उक्त जाममा १४ लाख सवारीहरु बाटोमा नै अलपत्र पर्न पुगेका थिए ।

traffic jam 2राजधानी बेइजिंगदेखि तिब्बतसम्मको हाइवेमा फैलिएको जामका कारण लाखौँ सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । तर यो घट्ना भने अगष्ट १०,सन् २०१० को हो । यो जामलाई हालसम्मको विश्वकै सबैभन्दा लामो र ठूलो जाम मानिएको छ ।

traffic jam 3यसको बारेमा विश्वप्रसिद्ध विकिपिडियामा समेत आवश्यक जानकारी उपलब्ध छ ।

चीनमा हरेक महिना साडे ६ लाख नयाँ सवारीहरु सडकमा आउँछन् ।

traffic jam 4

Comments

comments