काठमाडौं । व्यक्तिगत विवादका कारण बलिउडमा यतिखेर निकै चर्चामा रहेको ऋतिक रोशन र कंगना रणावतको झगडाले अर्को मोड लिएको छ ।

सुजानसँगको डिभोर्स पछि तनावमा रहेका ऋतिकलाई कंगनाले विभिन्न बाहनामा आफ्नो बदनामा गर्न खोजेको ऋतिकको दाबी छ । पछिल्लो समय उनीहरुको झगडा बढ्दै गएपछि प्रहरीको शरणमा ऋतिक पुगेका थिए ।

कंगनाले ऋतिक र आफुबीच सम्बन्ध रहेको भन्दै बारम्बार भन्दै आइरहेकी थिइन् । इमेल मार्फत ऋतिकले आफुलाई धम्काएको समेत भनेकी कंगनाको दाबी भने झुटो देखिएको प्रहरीले बताएको छ ।

ऋतिकको ल्यापटप, मोबाइल तथा अन्य इलेक्ट्रोनिक समानहरु प्रहरीले फरेनसिक टेस्ट गरेको थियो । फरेनसिक एक्सपर्टले ऋतिक निर्दोष भएको बताएका हुन् । उता कंगनाको ल्यापटप, मोबाइल भने परीक्षण गर्न बाँकी रहेको बताइएको छ ।

छानविनका क्रममा उनले कुनै पनि त्यस्ता खाले इमेलको रिप्लाइ नगरेको देखिएको छ । फरेन्सिक एक्सपर्टले दिएको जानकारी अनुसार ऋतिकले कंगनाको एकाउण्ट ह्याक गरेर इमेलहरु मेटाएको हुनसक्ने भएकोले यसका लागि पनि अनुसन्धान गरिएको बताइएको छ ।

कंगना आफैले फेक आइडी बनाइ ऋतिकलाई अप्ठेरोमा पारेको हुनसक्ने खुल्न आएको छ । भारतीय मिडिया टाइम्स अफ इण्डियाले दिएको जानकारी अनुसार ऋतिकले कंगनको एउटा पनि इमेलको रिप्लाइ गरेका छैनन् ।
साइबर अपराध अन्तगत रहेर ऋतिक कंगनाविरद्ध मुद्धा दायर गरेका थिए ।

यसैबीच भारतीय सञ्चार माध्यमहरुले कङ्गनाले ऋतिकलाई लेखेका केही इमेलहरु प्राप्त गरेको दाबी गरेका छन् ।

दैनिक भास्कार अनलाइनका अनुसार कङ्गनाको लिक भएको इमेलमा कङ्गनाले आफूले बच्चादेखि नै ऋतिकलाई मनपराएको उल्लेख गरेको जनाएको छ । यस्तै ऋतिकलाई कदम उठाउँन र आफू सधैं तयार रहेको आशयको इमेल पनि कङ्गनाले लेखेको अनलाइनले दाबी गरेको छ ।

Comments

comments