काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि प्रति १ अष्ट्रेलियन डलरको खरिद दर ८२ रुपैयाँ ६१ पैसा निर्धारण गरेको छ । राष्ट्र बैंकले शुक्रवारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर भने ८३ रुपैयाँ ८ पैसा तोकेको छ ।

राष्ट्र बैंकले प्रति १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । यस्तै प्रति १० येनको विक्री दर भने ९ रुपैयाँ ६९ पैसा तोकेको छ ।

यता एक अमेरिकी डलरको खरिद दर १०५ रुपैयाँ ८१ पैसा तोकेको छ भने विक्रीदर १०६ रुपैयाँ ४१ पैसा कायम गरेको छ । यस्तै प्रति एक युरोको खरिद दर ११९ रुपैयाँ ५० पैसा तोकेको छ । शुक्रवारका लागि एक युरोको विक्रीदर भने १२० रुपैयाँ १८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रवार प्रति एक सय कोरियन वोनको खरिद दर ९ रुपैयाँ ३२ पैसा र विक्री दर ९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

Comments

comments