मेलबर्न । विभिन्न काम र उदेश्यले परदेशिएका नेपाली समुदायको पछिल्लो समय साझा र जटिल समस्या बनेको छ–पारिवारिक विखण्डन ।

पाश्चत्य जीवनशैलीको प्रभाव र व्यस्तता लगायतले पारिवारिक मोह र महत्व घट्दै जाँदा सम्बन्ध विच्छेदका घट्नाहरुमा वृद्धि हुँदै गएको छ । वावु र आमाबीचको टकराव र सम्बन्धमा आएको दरारको सजायँ उनीहरुका कलिला नानीहरुले भोग्न परिरहेको छ । यस्तै थुप्रै विदेशिएका नेपाली परिवारको कथा र समस्यालाई चित्रण गरिएको गीतको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ ।

duniya 1निर्देशक जीवन रसाइलीले अष्ट्रेलियाको पृष्ठभूमि बनाएर निर्माण गरेको यो म्यूजिक भिडियोमा मेलबर्नमै रहँदै आएका मोडल भानु बरालको अभिनय छ । उनलाई उनकै छोरी सुभांगी बरालले साथ दिएकी छिन् । भिडियोमा मोडल अनुष्का केसीको समेत अभिनय रहेको छ ।

गायक विश्व नेपालीको स्वरमा रहेको दुनियाको माया एकातिर, तिम्ले दिने माया अर्कोतिर बोलको यस गीतमा शब्द भने वरिष्ठ गीतकार आनन्द अधिकारीको छ । आनन्द राईले यसमा सुमधुर संगीत भरेका छन् ।

duniya 2अष्ट्रेलियामै छायांकन गरिएको यस गीतको म्यूजिक भिडियोमा अष्ट्रेलियाजस्तो सुन्दर देशमा आएर नेपाली जोडीहरुले गर्ने संघर्ष र उनीहरुका सम्बन्धका उतारचढावहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ । ४ मिनेट ४९ सेकेण्डको गीतमा बनेको म्यूजिक भिडियो हेर्दा एउटा पूरै फिल्म हरेको अनुभूति दिलाउँन सक्नु निर्देशक रसाइलीको खूबी हो । उनलाई भानु,सुभांगी र अनुष्काले पनि सक्दो जीवन्त अभिनय गरेर सहयोग गरेका छन् ।

–दीपेन्द्र

Comments

comments