मेलबर्न । मेलबर्नमा नेपालीहरुको बढ्दो संख्यासँगै नेपालीलाई लक्षित गरि विभिन्न व्यापार व्यवसयाहरु सञ्चालन गर्ने क्रम पनि बढेको छ ।

यही क्रममा मेलबर्नमा नेपालीको नयाँ क्याफे सञ्चालनमा आउने भएको छ । नेपालीहरुलाई लक्षित गरि सञ्चालित बेल स्ट्रीट क्यान्टिनको बुधवार उद्घाटन हुने भएको छ ।

उद्घाटन र क्याफे शुभारम्भको अवसरमा सबै मेनुमा २० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको क्याफेले जनाएको छ ।

Comments