मेलबर्न । युनिभर्सिटी अफ मेलबर्नले मुनाफा खोज्दै कोइला, पेट्रोल र ग्याँस कम्पनीहरुमा लगानी गरेकोमा मेलबर्नका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

नौ जना विद्यार्थीहरुको विरोधको प्रदर्शन शैली यतिखेर अष्ट्रेलियामा मात्र होइन दुनियाँकै लागि रोचक समाचार बनिरहेको छ । ती विद्यार्थीहरुले निर्वस्त्र भएर विरोध जनाएका हुन् । जलवायु परिवर्तनमा योगदान दिइरहेका कम्पनीहरुमा विश्वविद्यालय जस्तो क्षेत्रले लगानी गर्नु लाजमर्दो कुरा भएको प्रदर्शनकारीहरुको कथन छ । प्राकृतिक दोहन र प्रकृतिलाई नै विचलित गर्ने कार्यहरुलाई विश्वविद्यालयहरुले प्रोत्साहन गर्न नमिल्ने विद्यार्थीहरुको तर्क छ । यसबारेमा आफूहरुले ४ हजार कर्मचारी र विद्यार्थीहरुको समूह बनाएर स्मरणपत्रमा हस्ताक्षर समेत गरिसकेको उनीहरु बताउँछन् । यसलगत्तै वृहत प्रदर्शनको तयारीमा लागेको पनि बताए ।

nakedतर, विश्वविद्यालयले भने यस्तो लगानी नगरेको जनाउँदै आएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु भन्छन् दुई वर्ष अघि पनि हामीले विरोध गर्दा यसैगरी लगानी छैन भनिएको थियो । तर, हामीले विभिन्न माध्यमबाट लगानी गरेको आधारहरु भेटेका छौं । वास्तविकतामा विश्वविद्यालयले आफ्नो लगानी भिक्टोरियन फन्डस म्यानेजमेन्ट कर्पोरेशन मार्फत गरेको बताईन्छ । जसको ग्राहकहरु विभिन्न पब्लिक कम्पनीहरु रहेका छन् ।

स्वार्यनबर्न युनिभर्सिटी, नेशनल ग्यालेरी अफ भिक्टोरिया र रोयल चिल्ड्रेन्स अस्पताल अरु ग्राहक भएको बताइएको छ । गत २०१५ जुनमा मात्रै यसले ५० बिलियन डलर विभिन्न ठाउँमा लगानी गरेको थियो ।

 

Comments