काठमाडौँ । सरकारी राहत तथा सेवा सुविधा लिन ६ जिल्लामा करिब २२ हजार नक्कली भूकम्पपीडित थपिएका हुन्।

स्थायी टहरा निर्माण, न्यायो कपडा, सरकारी सहुलियत ऋण। नगद अनुदानलगायत सुविधा लिनकै लागि नक्कली भूकम्पपीडित घरधुरी संख्या थपिएका हुन्।

भूकम्पबाट क्षति पुगेका गोरखा, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रे र दोलखामा अस्थायी टहरा निर्माण गर्न ४ लाख २१ ह्जार ४ सय ८५ पूर्ण घर क्षति भएको तथ्यांक गृह मन्त्रालयसँग छ।

तर भूकम्पपीडितलाई न्यायो कपडा किन्न सरकारले अनुदान उपलब्ध गराउने घोषणापछि यी जिल्लामा घरबारविहीन घरधुरी संख्या २१ हजार ४४२ पुगेको उल्लेख छ।

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले नक्कली विवरणबाट सरकारी राहत लिनेमाथि कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको वताए।

Comments

comments