मेलबर्न । उनीहरुको टिममा आठ जना छन् । हप्ताको ६ दिन सबैजना आ आफ्नै काममा व्यस्त हुन्छन् । परदेशको दैनिकी ज्यूँन व्यस्त रहनैपर्छ । तर मान्छेको मन न हो,त्यसदेखि वाहेक पनि अनेक इच्छा र सपना हुन्छन् । तर यी आठै जनाको शौख र सपना भने समान छन् । यसले गर्दा पनि उनीहरुलाई नजिक ल्याएको हो । त्यसैले आफ्ना ती साझा इच्छा र सपना पूरा गर्न उनीहरु साताको एक दिन भेट्छन् । बल्ल पाएको साताको त्यो एक दिन उनीहरुको नाचेरै वित्छ । तैपनि उनीहरु प्रफुल्ला हुन्छन् । किनभने उनीहरुको साझा शौख र सपना हो –नाच अर्थात डान्स । त्यसक्रममा उनीहरु नाचका विभिन्न शैली र ट्रेण्डहरु पछ्याउँछन् । कतिपय अवस्थमा त्यसमा आफ्नो ओरिजिनल नेपाली शैली पनि मिसाउँछन् र आफ्नै यूनिक डान्सिङ शैलीको विकास गर्छन् ।

यो समूह पछिल्लो समय निकै ट्यालेन्टेड डान्सर व्वाइका रुपमा परिचित सुशान्त योञ्जनको नेतृत्वमा छ । र,उनको समूहमा छन् निशा गिरि,सागर कुँवर,मनिषा श्रेष्ठ,सुशन गुरुङ,पवित्रा खनाल,शिला कुँवर,सपना मुडबारी र सुशान्त आफैं । उनीहरुले आफ्नो समूहको लागि सुहाउँदो नाम जुराएका छन्–द म्याजिक क्रिउ । आफनो डान्स र प्रस्तुतिमा कल्पनाशील्पीको प्रयोग गरि त्यसलाई जीवन्त बनाउँनु यो समूहको खुबी हो । यसका लागि उनीहरु हरेक हप्ता प्रोफेशनल स्टुडियोमा भेट्छन् । आफ्नो डान्स रिहार्सललाई मजबुत पार्छन् ।

सुशान्त भन्छन्–यसैमा हामी सबै खुशी छौं । हामीसँग कुनै निश्चित डान्स स्टाइल छैन । किनभने हामी इभेन्ट र कार्यक्रमहरुको माग अनुसारको डान्सिङ शैली तयार पाछौं । तर हामी जे गर्छौ,त्यसमा म्याजिक मिसाउँछौं ।

dance workshopद म्याजिक क्रिउ अहिले एउटा भिडियो निर्माणको क्रममा छन् । यसको प्रोमो अब छिट्टै संसारभरका दर्शकहरुबीच रिलिज गर्ने उनीहरुको तयारी छ । यसका साथै उनीहरु डान्सप्रेमीहरुलाई ध्यानमा राखी एक घण्टाको निशुल्क जुम्बा र डान्स वर्कशपको आयोजना समेत गर्दैछन् । उक्त वर्कशप डान्सर अथवा नन् डान्सर सबैका लागि उपर्युक्त मञ्च हुने सुशान्तको दाबी छ ।

अन्तमा हिमालयन कङ्गारु मार्फत आफ्ना समर्थक र सहयोगीहरुलाई धन्यवाद दिन पनि विर्सेनन्–द म्याजिक क्रिउले । भन्छन्–हामी जहाँ छौं यहाँहरुकै सहयोग र मायाको म्याजिकको कारण हो ।

यसलाई सुमन देउजाले संयोजन र स्पोनसर गरेका छन्।

Please follow and like us:

Comments