काठमाडौं । सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवस घोषणा गरेको छ ।

गणतान्त्रिक नेपालको नयाँ संविधान जारी भएको दिनको उपलक्ष्यमा असोज ३ लाई राष्ट्रिय दिवस घोषणा गरेको हो । मंगलवार बसेको मन्त्रीपरिषद वैठकले उक्त घोषणा गरेको हो ।

सरकारको घोषणासँगै अब हरेक वर्ष असोज ३ मा संविधान घोषणा भएको दिनका रुपमा राष्ट्रिय दिवसको रुपमा भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ ।

Comments