काठमाडौँ । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको छ।

यसैगरी भूकम्प प्रभावित जिल्लामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ। पुनर्निर्माणका लागि मन्त्रालयगत रुपमा हुने काम पनि सम्बन्धित मन्त्रालयहरुले यही तीन दिनमा सुरु गर्ने निर्णय भएको प्राधिकरणका एक अधिकारीले बताएका छन्।

Comments

comments