काठमाडौं । विश्व खेल जगतले दक्षिण एशियालाई सम्मान गर्ने सबभन्दा महत्वपूर्ण आधार हो क्रिकेट । तर दुर्भाग्य यही मानचित्र भित्रको सानो मुलुक नेपालले त्यो सम्मानको लहरमा समाहित हुने अवसर लामो समय पाएन । तर जब नेपालले क्रिकेटमा पाइला उचाल्यो , धेरै बेर लागेन पनि । अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गज हस्ती तथा क्रिकेट कमेन्टेटरहरु भन्न बाध्य भए – आयो गोर्खाली । कीर्तिपुरमा सोमबार नामिबियामाथि दोहो¥याएर दर्ता गरेको जितको स्वादले पनि नेपालको शान क्रिकेटमा चुँलिदो छ भन्ने पुष्टिलाई थप बल मिलेको छ ।

दुई सय चालीस रनको लक्ष्य । धेरैलाई लाग्यो यो लक्ष्य सम्भव भन्दा बाहिर छ नेपाली क्रिकेटका लागि । तर त्यसो होइन र भएन पनि , किनभने चम्कदो नेपाली क्रिकेटका लागि असम्भवका धेरै पर्खालहरु धेरै पटक ढलेका छन् । विश्वकप ट्वान्टी ट्वान्टीमा उपस्थिति जनाएर पनि पछिल्लो बर्ष भने विर्सन लायक प्रदर्शन गरेको नेपाली टोली नयाँ बर्ष २०७३ मा भने सुखद सुरुवात गरेरै छाड्यो । नामिबियासंग घरमा नै खेल्न पाएको अवसरको उपयोग गर्न भरमग्दुर मेहनत गरेको नेपाली टोलीले त्यो मेहनत पनि खेर फ्यालेनन । फलत लगातार दुई जितको सहयोगमा नेपाल आठ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनशीपको अंक तालिकामा पाँचौ स्थान उक्लियो ।

नामिबियासंगको खेल अघि अंकविहीन अवस्थामा रहेको नेपाल यस जितसंग पाँचौ स्थानमा उक्लिदा अब शीर्ष चार भित्र समेटिने सम्भावना बलियो समेत बनेको छ । शीर्ष चार भित्र रहे नेपालले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौट खेल खेल्ने अवसर पाउने छ । जुन नेपालको लागि स्वर्णीम यात्रा बन्ने निश्चित छ । यो जीतमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का जति खुसी छन् , त्यति नै खुसी आम नेपाली क्रिकेटप्रेमी पनि छन् । कप्तान खड्काले आफ्नो जीवनको दोश्रो एवं अविष्मरणीय शतक हान्दा नामिबियामाथि दोहोरो जित मात्र दर्ता गरेन , विश्वकप छनोटको यात्रालाई नजिकबाट नियाल्ने अवसर पनि पाएको छ ।

उपराष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै विशिष्ट श्रेणीका व्यक्तिहरु पनि नेपाली खेलाडीलाई हौस्याउन कीर्तिपुर पुगेका थिए । जितमा साथ दिन जोशिलो भीडको कीर्तिपुरमा कमी थिएन नै ।

अब नेपालले यही लयलाई बाँकी रहेको खेलमा कायम राख्न आवश्यक छ । नेपालले अब नेदरल्याण्ड, हङकङ र केन्यासंग खेल्न बाँकी छ । कीर्तिपुरको यो कीर्तिको कथाले विश्वकप छनौट खेलको यात्राको ढोका त ढक्ढक्यायो अब ढोका नखोलेसम्म कायम राख्नुपर्छ ।

Please follow and like us:

Comments