मेलबर्न । नेपाली लोक दोहोरी गीतले नेपालीपन र नेपाली मन मात्र होइन नेपाली माटोको सुगन्ध पनि बोक्दछ । यही भएर होला मेलबर्नमा पहिलोपटक आयोजना भएको प्रत्यक्ष दोहोरी गायन कार्यक्रममा दर्शकहरुको ठेलामठेल भीड लागेको थियो । कार्यक्रम स्थलमा पुग्दा लाग्थ्यो यो नेपालकै कुनै भागमा भव्य मेला लाग्दैछ । थरिथरिका अनुहार र फरफरक भेषभूषामा सजिएका नेपालीहरुको उपस्थितिले सात समुद्रापारि रहेर पनि उनीहरुको मनमा रहेको देशप्रेम र नेपालीपनप्रतिको माया र सम्मान प्रष्ट झल्किन्थ्यो ।

मेलबर्नमा पहिलोपटक आयोजना भएको प्रत्यक्ष दोहोरी गायन कार्यक्रममा दर्शकहरुको ठेलामठेल भीड लागेको थियो । कार्यक्रम स्थलमा पुग्दा लाग्थ्यो यो नेपालकै कुनै भागमा भव्य मेला लाग्दैछ । थरिथरिका अनुहार र फरफरक भेषभूषामा सजिएका नेपालीहरुको उपस्थितिले सात समुद्रापारि रहेर पनि उनीहरुको मनमा रहेको देशप्रेम र नेपालीपनप्रतिको माया र सम्मान प्रष्ट झल्किन्थ्यो ।

एनआरएनए भिक्टोरिया र चितवन समाज भिक्टोरियाले नयाँ वर्ष २०७३ को अवसरमा प्रत्यक्ष दोहोरी साँझको आयोजना गरेको हो । कार्यक्रममा यति धेरै दर्शकहरुको उपस्थिति हुनुमा कार्यक्रमकै लागि भनेर नेपालबाट निम्त्याइएका कलाकारद्धय गायक पशुपति शर्मा र लोकगायिका सम्झना लामिछाने मगर प्रमुख कारण थिए । मलाई अष्ट्रेलिया यही,मलाई जापान पनि यही भन्ने गीतबाट निकै ख्याति कमाएका गायक शर्माले मेलबर्नवासीलाई पनि आखिरमा लठ्याएरै छाडे । गायिका सम्झनासँगको उनको दोहोरी गायन मेलवर्नवासी दर्शकहरुको लागि साँच्चिकै सम्झनालायक रह्यो ।

मलाई अष्ट्रेलिया यही,मलाई जापान पनि यही भन्ने गीतबाट निकै ख्याति कमाएका गायक शर्माले मेलबर्नवासीलाई पनि आखिरमा लठ्याएरै छाडे । गायिका सम्झनासँगको उनको दोहोरी गायन मेलवर्नवासी दर्शकहरुको लागि साँच्चिकै सम्झनालायक रह्यो ।

कार्यक्रममा उपस्थित भएका झण्डै ९ सय जना दर्शकहरुको भीडले कार्यक्रमलाई वास्तवै भव्य बनाइदिएको थियो । गायक शर्मा र गायिका मगरले ती दर्शकहरुलाई निराश पारेनन् । यसअर्थमा यो कार्यक्रम ऐतिहासिक रुपमै सफल रह्यो ।

इष्टोनियन हाउसमा भएको यो कार्यक्रमलाई ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको हो । कार्यक्रममा स्थानीय कलाकारहरु तारा गैरे,विराज थापा र नृत्यांगनाहरु यमुना गैरे र मञ्जु ढकालको प्रस्तुतिलाई पनि दर्शकहरुले खूब रुचाए ।

कार्यक्रममा एनआरएनए भिक्टोरियाका संयोजक केशव कँडेलले नेपाली समुदायको उपस्थितिले आफूहरुलाई थप हौसला मिलेको बताउँदै आउँदा दिनहरुमा यस्तै नेपालीपनका कार्यक्रमहरु गर्दै लैजाने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

यस्तै चितवन समाज भिक्टोरियाका अध्यक्ष सोमप्रसाद गुरुङले समाजले नेपाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका साथै समाजहीतमा टेवा पुग्ने कार्यक्रमहरुमा जोड दिदै जाने बताउँनुभयो ।

Comments

comments