विशेष । ‘पहिलो जितबाट फुर्किएको छैनौ’नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नामिबियामाथि पहिलो जित दर्ता गरेपछि व्यक्त गरेको अभिव्यक्ति हो यो । हुन पनि हो नै , धेरै पछि जितको स्वाद चाख्दै गर्दा नेपाली क्रिकेट टोली अहिले नै मख्ख र दंग पर्ने अवस्था छैन , उस्को पहिलो जितको असली परीक्षा अझै हुन बाँकी छ उनै नामिबियासंग ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले नामिबियासँग आफ्नै घरेलु मैदानमा एउटा खेलमा जित निकाल्दा अव एउटा खेलमा मात्र जितको प्रतीक्षामा रहेको छ । नेपालले आफनो पहिलो खेलमा शनिबार नामिवियालाई पाँच विकेटले हराउदा कीर्तिपुर स्थित टियु मैदानमा जुन माहोल र मानिसमा उत्साह छाएको थियो त्यही उत्साह र उमङ सोमबार पनि दोहो¥याउन चाहन्छ । हुनत नेपालले अव सोमबारको खेलमा शनिबार भएको कमजोरीलाई सच्याउने र नया रणनीति अपनाउने निश्चित छ । जसले गर्दा सोमबारको खेलमा नेपालको जित सहज हुने राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य पृथु बास्कोटा विश्वास छ ।

शनिबारको लय गुमाइसकेको खेललाई विनोद भण्डारी र सरद भेष्वाकरले लयमा ल्याएर जित सम्भव बनाएका थिए । सोमबार खेलमा दर्शकको अपेक्षा अझ बढी हुने नै छ र उनीहरुको उपस्थिति झनै बाक्लिने निश्चित छ ।

सोमबार हुने खेलमा नामिबियालाई पुन पराजित गर्न सके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बन्नेछ । च्याम्पिपयनसिपमा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ ।

Comments