नेपालका प्रमुख नेताहरुको भारत भ्रमणलाई पछिल्लो पटक नेपालमा निकै चनाखोपूर्वक हेर्ने गरिन्छ । नेपालको राजनीतिमा भारतको अनावश्यक हस्तक्षेप र नेताहरुको भारतमूखी प्रवृत्तिलाई आमजनताले नकरात्मक टिप्पणी गर्दै आएका छन् । हुनपनि नेपालको अस्थिरताको कारण मानिएको दक्षिण छिमेकीको छुद्र व्यवहारको कारण हुन सक्छ जनताको चासो । यहि सन्दर्भमा नेपाली कांगे्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको सोमवारवाट हुन लागेको दिल्ली भ्रमणलाई पनि नेपाली जनताले निकै चनाखोपूर्वक नियालिरहेका छन् ।

तीन पटक प्रधानमन्त्री भईसकेका एवं मुलुककै ठूलो दल नेपाली कांग्रेसका नवनिर्वाचित सभापति देउवाको सोमवारवाट हुन लागेको दिल्ली भ्रमणलाई धेरैले नेपालमा सत्ता परिवर्तनको सन्दर्भसंग जोडेर हेरेका छन् । भलै देउवा निकटका नेताहरुले यो भ्रमण पारिवारिक एवं स्वास्थ्य उपचारकोलागि भएको दावी गर्दै आएका छन् । निजी भ्रमण भनिए पनि देउवाले भारतको राजधानीसमेत रहेको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने निश्चित भएको छ ।

निजी भ्रमण भनिए पनि देउवाले भारतको राजधानीसमेत रहेको दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने निश्चित भएको छ ।

देउवा भारत र पश्चिमा मुलुकहरुको सहानभूति बटुल्न सफल नेपाली नेता मानिन्छन् । कांग्रेस महाधिवेशनमा देउवाको जर्वदस्त सफलतालाई भारत र पश्चिमाहरुको प्रभाव र सहयोग भन्नेहरुको उनकै पार्टीभित्र समेत कमि छैन । नेपालमा यतिखेर राष्ट्रियता र स्वाधिनताको सन्दर्भमा स्पष्ट अडान लिने केपी ओली नेतृत्वको सरकार छ । ओली सरकारले भारत र पश्चिमा मुलुकहरुको नाङ्गो हस्तक्षेपवाट मुलुकलाई मुक्त गर्न र नेपालको स्वतन्त्र बैदेशिक नीति कायम गर्न गतिलो कार्य गरेकोमा दुई मत छैन । आफ्नो स्वार्थ पूरा गर्न ओली सरकार बाधक बनेपछि वाह्य शक्तिहरु नेपालमा ओली सरकारको विकल्प खोज्न लागेको चर्चा पनि हुँदै आएको छ । यो आशंका देउवा कांग्रेसको सभापति बनेपछि झनै उचाइमा पुगेको छ ।

आफ्नो स्वार्थ पूरा गर्न ओली सरकार बाधक बनेपछि वाह्य शक्तिहरु नेपालमा ओली सरकारको विकल्प खोज्न लागेको चर्चा पनि हुँदै आएको छ । यो आशंका देउवा कांग्रेसको सभापति बनेपछि झनै उचाइमा पुगेको छ ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेका भएपनि आर्थिक सामाजिक रुपान्तरणको सन्दर्भमा देउवा निकै कमजोर मानिन्छन् । त्यसैले देउवाको नेतृत्वमा मुलुकको आर्थिक समृद्धि होला भनेर सपना देख्ने नेपालमा कोही छदैछैनन् भन्दा पनि हुन्छ । मुलुकले राजनीतिक उपलव्धि हासिल गरेर आर्थिक एजेन्डामा प्रवेश गरेको सन्दर्भमा देउवा सरकार परिवर्तनको जोड घटाऊमा लागे भने त्यसले उनको राजनीतिक जीवन र कांग्रेसको ओजमा नै धक्का पुर्याउने निश्चित छ ।

मुलुकले राजनीतिक उपलव्धि हासिल गरेर आर्थिक एजेन्डामा प्रवेश गरेको सन्दर्भमा देउवा सरकार परिवर्तनको जोड घटाऊमा लागे भने त्यसले उनको राजनीतिक जीवन र कांग्रेसको ओजमा नै धक्का पुर्याउने निश्चित छ ।

त्यसैले देउवाको दिल्ली भ्रमणमा हुने राजनीतिक भेटघाट दुई देशबीचको सम्वन्ध विस्तार र नेपालको आर्थिक समृद्धिको अभियानमा भारतको सक्रिय साथमा केन्द्रीत हुनु जरुरी छ ।

जनता अत्यन्त सचेत रहेको वर्तमान अवस्थामा केवल सत्ता स्वार्थमामात्र दिल्ली भ्रमण केन्द्रीत रहे अन्ततः त्यसले देउवालाई नै राजनीतिक रुपमा चरम नोक्सान पुर्याउने निश्चित छ ।

Comments