मेरो मनलाई रुवाउनेहरुका लागि 

जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई? के मैले कुनै प्रकरको चोट पुराए तपाईलाई? व्यक्तिगत रूपमा ठेस पुराए?? ‘रन्….’, ‘भा…’, ‘वेश्……’…. यस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो? एकदम महान् काम गरे झैं लाग्छ हो?

हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरि फिल।म सुटिङ, घरि कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाई मनोरंजन दिन घरि कतार, घरि मलेसिया त घरि अस्ट्रेलिया पुग्छौ। के को लागि? यहि आलोचना खप्नको लागि? कति चित्त दुख्छ होला सोच्नुस्।

यहाँहरुको घरमा छोरी-चेली छैनन? एक पटक सोच्नुस त, तपाईको घरको दिदी-बहिनी, आमा, भाउजू, छोरीहरु माथी यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाईलाई कस्तो महसुस हुन्थ्यो? ठिक त्यस्तै महसुस हुँदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई। कहिलेकाँहि मामुले फोन गरेर ‘छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर’ भन्नू हुन्छ। कति चित्त दुख्छ होला उहाँको।

तपाईलाई यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउँदै नआउनुस्। बरु ब्लक गर्नुस् मलाई तर अश्लिल, जथाभावी कृपया नलेखि दिनु होला।

देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कसले त ?
यति भन्न चाहन्थे।

धन्यवाद।

(नायिका प्रियंका कार्कीको फेसबुकबाट जस्ताको त्यस्तै साभार)

Comments

comments