एजेन्सी । यो तस्वीरमा देखिएकी यी सुन्दर युवतीको अहिले सर्वत्र चर्चा र चासो बढेको छ । त्यसो त यिनी कुनै मोडल होइनन् तर यी सुन्दरीको हाउभाउ साँच्चिकैको मोडलको भन्दा कम छैन ।

यी सुन्दरी चीनले हालै आविस्कार गरेको रोर्बट हुन् । यिनको विशेषता शारीरिक रुपमा सुन्दर हुनु मात्र होइन । यिनले मानिससँग दोहोरो कुराकानी गर्न सक्छिन् । त्यसक्रममा मानिसले बोलेका कुराहरुलाई महसुस गर्न सक्ने क्षमता पनि छ यो रोबर्टमा । आँखा झिम्क्याउँनु,मुस्कुराउँनु यिनको लागि सामान्य हो ।

चीनको विनिभर्सिटी अझ साइन्स एण्ड टेक्नोलोजीले तीन वर्ष लगाएर आविस्कार गरेको यो रोर्बटलाई जियाजिया नामाकरण गरिएको सिन्ह्वाले उल्लेख गरेको छ ।

https://www.youtube.com/watch?time_continue=135&v=9vtEMYHoe34

Please follow and like us:

Comments