काठमाडौं । गायिका ज्योति मगरको बढ्दो मागसँगै व्यस्ततः पनि बढ्दो छ । साँच्चै भन्नुपर्दा उनलाई अहिले देशभित्र र विदेशमा पुगेर कार्यक्रम गर्नबाटै फुर्सद छैन ।

कार्यक्रमका आयोजकहरु पनि सकभर ज्योतिलाई नै लिन चाहन्छन् । ज्योतिको स्वर मध्यम रहे पनि उनको ग्ल्यामरस प्रस्तुति र दर्शकलाई आफूतिर केन्द्रीत गर्नसक्ने खुबीले गर्दा ज्योतिको माग बढेको छ अचेल । होचो कदकी उनको शारीरिक बनावट पनि त्यति आकर्षक त होइन,तर गीतको म्यूजिक भिडियोहरुमा मोडलिङ गराउँन उनीसम्म धाउनेहरुको कुनै खाँचो छैन ।

यसरी बजारमा आफ्नो माग बढ्न थालेपछि ज्योतिले आफ्नो रेट अर्थात पारिश्रमिक पनि निर्धारण गरेकी छिन् । उनका अजुसार अब उनलाई स्वदेशभित्र हुने कन्सर्टमा बोलाउँन चाहनेले ५० हजार रुपैयाँ उनकै लागि छुट्याउँनुपर्नेछ । किनभने उनले आफ्नो रेट ५० हजार तोकेकी छिन् । विदेशमा लैजान चाहनेले त अझ बढी तिर्नुपर्नेछ ।

दुई दर्जन एल्बममा करिब ६० भन्दा बढी गीत गाइसकेकी ज्योति छिट्टै नयाँ गीत ल्याउँने योजनामा समेत छिन् ।

सेक्स,प्रेम र करियर हरेक कुरामा आफूलाई प्रष्ट बनाउँन चाहने ज्योति आफ्नो यही कुरालाई केहीले कमजोरी बनाउँन खोजेकोमा भने दुख लागेको बताउँछिन् ।

Comments

comments