काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दावी गर्नुभएको छ ।

एक सातासम्म चलेको केन्द्रीय कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सञ्चारमाध्यमहरुमा आए जस्तो पार्र्टीिभत्र कुनै गुटबन्दी नरहेको बताउँनुभयो ।

पार्टीभित्र भत्र कुनै गुटबन्दी नरहेको र गुटबन्दी आवश्यक पनि नरहेको भन्दै प्रधानमन्त्री ओलीले यसबारेमा केन्द्रीय समिति वैठकमा सदस्यहरुबीच वहस र छलफल हुनु स्वभाविक रहेको बताउँनुभयो ।
प्रधानमन्त्री ओलीको अर्को असन्तुष्टी राष्ट्रिय पुननिर्माण प्राधिकरणको चाहिने भन्दा बढी आलोचना गरिएको भन्नेमा थियो । ‘८ लाख घरहरु भत्किएका छन् तिनको पुननिर्माण सजिलो छैन भनेजति ज्यामी डकर्मी पाइएको छैन त्यसैले सोचेजति काम हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

पुननिर्माणको काममा बिलम्ब भएको आफूले स्वीकारेको भएपनि कामै भएन भन्ने आशयले त्यसलाई गलत ब्याख्या गरिएकोमा प्रधानमन्त्रीको गुनासो छ ।

ग्यासको बितरणमा देखिएको समस्या नियन्त्रणमा सरकारले अभियान चलाइरहेको र अब छिट्टै स्थिति सहज हुने उहाँको कथन थियो ।

कांग्रेस बर्तमान सरकारमा नआउनेमा आफू स्वयमलाई बिश्वास नलागेपनि बिगतमा भएको भद्र सहमति सम्झेर कांग्रेस सरकारमा आउन सक्ने प्रधानमन्त्री ओलीले बताउँनुभयो ।

Please follow and like us:

Comments