मेबलर्न । अष्ट्रेलियामा रहेका नेपालीका लागि एक हजार डलरको धेरै मूल्य रहन्छ । किनभने यो रकम विद्यार्थीहरुका फि तिर्न,कुनै खरिदारी गर्न पर्याप्त हुन्छ । अझ कसैलाई आफ्नो घरदेश नेपाल जाने मन छ भने पनि टिकटका लागि यो रकम पर्याप्त हुन्छ ।

त्यसो त यहाँ एक हजार डलर कमाउँन र जम्मा गर्न कडा मिहिनेतको खाँचो पर्छ । तर हाम्रो इभेन्टस्ले सजिलै यति धेरै रमक जित्न सक्ने अवसर उपलब्ध गराएको छ । यसका लागि मात्र तपाईले केही कलाकारहरुको फोटोमा अनुहार हेरेर उनीहरुको नाम लेखेर पठाउँनुपर्नेछ ।

मेरो कन्सल्टेन्सीको प्रायोजनमा हुन लागेको नाचौं गाऔं रमाइलो साँझमा आउँन लागेका चार नेपाली कलाकारहरुको नाम बताउँनेमध्ये लक्की ड्रबाट एकजना भाग्यमानीलाई एक हजार डलर पुरस्कार दिन लागेको हो ।

नेपालका अहिलेका युवा पुस्ताका चर्चित र लोकप्रिय यी चार कलाकार सहितको नाचौं गाऔं रमाइलो साँझ कार्यक्रम आगमी मे २२ तारिखमा मेलबर्नमा हुँदैछ ।

Comments

comments