मेलबर्न । मेलबर्नको प्रगति,उन्नति अनि परिवर्तनका आफ्नै कथा छन् । पछिल्लो तीन दशकमा मेलबर्न धेरै फेरियो । ती परिवर्तनहरुका साक्षी छन् हर्क राई । किनभने उनी मेलबर्न आएकै २७ वर्ष पुग्यो । सन् १९८९ मा मेलबर्न आएका राई त्यस यतादेखि यतै छन् ।

यो तीन दशकमा हुन त मेलबर्नमा थुप्रै कुराहरुमा परिवर्तन आए । त्यसमध्येको उल्लेखनीय कुरा नेपालीहरुको बढ्दो संख्या हो । २७ वर्ष अघि उनी यहाँ आउँदा औंलामा गनेरै सकिने संख्यामा नेपालीहरु भेटिन्थे । तर अहिले त्यो संख्या सयमा होइन हजारौंमा पुगिसके । शुरुवाती समयमा विरानो लाग्ने मुलुक अहिले त नेपालकै कुनै शहर जस्तो लाग्न थालेको छ उनलाई । यहाँ भेटिने नेपाली अनुहारहरु,उनीहरुले गरेका लगानी र हप्तैजसो भैरहने विभिन्न कार्यक्रमहरु उनी जस्तै प्रवासिएका नेपालीहरुका लागि नेपालकै झल्को मेटाउँन काफी छन् ।

विक्रम् सम्वत १९९८ सालमा खोटाङ जिल्लाको खरबारीमा जन्मेका उनी उमेरको गन्तीमा ७५ टेकिसके । तर जोश र जाँगर भने उस्तै छ । १७ वर्षको उमेरदेखि व्रिटिश आर्मीमा भर्ती भएका हर्क राई मलेसिया,ब्रुनाइ र सिंगापुरमा रहेका क्याम्पहरुमा थुप्रै वर्ष वसे । अवकाशपछिको जीवन विताउँन भने उनको रोजाइ या भाग्यमा अष्ट्रृेलिया नै पर्यो । त्यसैले २७ वर्ष अघि घरदेश छोडेर यता आएका उनी अझै यतै छन् । त्यसो त घरदेशको सम्झनाले पिरोल्न अहिले पनि कहाँ छोडेको छ र ?

चार छोराका वावु उनका सबै छोराहरु अहिले आ आफ्नो काममा व्यस्त छन् ।

अवकाशपछिको जीवन विताउँन भने उनको रोजाइ या भाग्यमा अष्ट्रृेलिया नै पर्यो । त्यसैले २७ वर्ष अघि घरदेश छोडेर यता आएका उनी अझै यतै छन् । त्यसो त घरदेशको सम्झनाले पिरोल्न अहिले पनि कहाँ छोडेको छ र ?

७५ वर्षको उमेरमा पनि उनी निकै हृष्टपुष्ट छन् । आर्मीमा रहँदा बसेको शारीरिक व्यायामको लत अझै छुटिसकेको छैन । निकै मिजासिला स्वभावका उनी हिन्दी फिल्मका फ्यान हुन् । अझै पनि साउथ इन्डियन फिल्महरु सकभर छुटाउँदैनन् रे ।

अहिले उनी नेपाली समुदायकाबीच समाजसेवीका रुपमा चिनिन्छन् । जेष्ठ नागरिक मञ्चका संयोजक समेत रहेका राई अहिले समुदायका कामहरुमा निकै सक्रिय छन् ।

harka on meetingउनलाई खट्केको कुरा के छ भने २७ वर्ष अगाडि उनी मेलबर्न आउँदा थोरै नेपाली थिए । तर ती सबैमा आत्मीयता र एकताको भावना पनि थिए । उनी सम्झन्छन् त्यतिखेर मुस्किलले एक दुई वटा कार्यक्रमहरु हुन्थे । ती सबै कार्यक्रमहरुमा यहाँ रहेका सबै नेपालीहरु पुग्थे । तर अहिले समय फेरियो । नेपालीको संख्या एक एक गर्दै बढेर हजारौंमा पुग्यो । कार्यक्रमहरु हप्तैपिच्छे हुन थाले । तर नेपालीहरुबीचमा रहेको आत्मीयता र एकताका भावनाहरु पनि कम हुँदै गए । घरदेशबाट परदेश आएका हामीबीच पनि कि त व्यवसाय कि वर्ग र क्षेत्रको सीमाना कोरिन थाल्यो । यसले गर्दा आज यहाँ हामी धेरै भएर पनि फेरि एक्लिन थालेको पो हो कि भन्ने चिन्ता लाग्छ ।

अहिले समय फेरियो । नेपालीको संख्या एक एक गर्दै बढेर हजारौंमा पुग्यो । कार्यक्रमहरु हप्तैपिच्छे हुन थाले । तर नेपालीहरुबीचमा रहेको आत्मीयता र एकताका भावनाहरु पनि कम हुँदै गए । घरदेशबाट परदेश आएका हामीबीच पनि कि त व्यवसाय कि वर्ग र क्षेत्रको सीमाना कोरिन थाल्यो । यसले गर्दा आज यहाँ हामी धेरै भएर पनि फेरि एक्लिन थालेको पो हो कि भन्ने चिन्ता लाग्छ ।

Comments

comments