मेलबर्न । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको चौथो अधिवेशन आगामी मे ७ र ८ तारिखमा सिड्नीमा हुने भएको छ ।

सिड्नीको हन्र्सवीमा अधिवेशन सम्पन्न गर्ने र ८ तारिख ग्रानभिलस्थित ग्राण्ड रोयल हलमा घोषणासभा तथा अन्तरक्रिया गर्ने योजना ओएनएफ अष्ट्रेलियाले बनाएको छ । अधिवेशनका लागि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल आउनुहुने तय भएको बताइएको छ ।

चौथो अधिवेशनले ओएनएफ अष्ट्रेलियाको आगामी नेतृत्व समेत चयन गर्नेछ ।

Comments

comments