काठमाडौं । अस्पतालको आकस्मिक कक्ष अत्यन्तै गम्भीर र अकस्मात हुने स्वास्थ्य समस्याको लागि गरिएको व्यवस्था हो । इमर्जेन्सी बिशेषज्ञहरुले नै नेपालका अस्पतालका इमर्जेन्सीहरु मापदण्ड बिपरित रहेको बताएका छन् । आकस्मिक कक्षमा सिकिस्त भएका तत्काल उपचार नदिए मृत्यु नै हुने सम्म का बिरामी आउंछन् तर २४ सै घन्टा इमर्जेन्सी सेवा भनेर ट्याग झुण्डाएका अस्पतालहरुले बिरामीलाई घन्टौ लाइनमा राख्नु लज्जास्पद कुरा हो । पत्रकार रिया भण्डारी लेख्छिन् :

नेपालको चिकित्सा क्षेत्रमा भित्रयाइएका अत्याधुनिक उपकरण र उपलब्ध विशेषज्ञ जनशक्तिबाट जस्तोसुकै अत्यावश्यक उपचार सम्भव भएको दाबी बारम्बार सुनिँदै आएको छ । व्यवहारमा भने स्वास्थ्य दृष्टिले जोखिमपूर्ण ठानिने र तत्कालै उपचार खाँचो पर्ने आकस्मिक सेवा नाम मात्रको भएको इमर्जेन्सी विशेषज्ञहरुले नै बताएका छन् ।

अस्पतालको आकस्मिक समयमै आकस्मिक उपचार नपाएर ज्यान गुमाउनुपरेका बिरामी अरू पनि थुप्रै भेटिन्छन । विकसित मुलुकका आकस्मिक कक्षमा इमर्जेन्सी मेडिसिन नै अध्ययन गरेका दक्ष चिकित्सकहरु रहने भएपनि नेपालका कति अस्पतालको आकस्मिक कक्षमा यस्तो पाइदैन अस्पतालको इमर्जेन्सीको बेड हरु एक बेड देखि अर्को बेड को दुरी ६ फिट हुनु पर्ने मापदण्ड छ तर यहाँ अस्पतालमा एउटा बेडमै ३-४ जना बिरामी राख्ने गरेको समेत पाइन्छ ।

राजधानीकै अस्पतालको इमर्जेन्सी कक्षमै यस्तो अवस्था भएपछि मोफसलका अस्पतालमा बिरामीहरुले कस्तो स्वास्थ्य सेवाको अपेक्षा गर्ने ? चिकित्सकहरुले पनि अस्पतालको आकस्मिक कक्ष ब्यबस्थापन र मापदण्ड बिपरित हुँदा गुणस्तर स्वस्थ्य सेवा दिन नसकिएकोले यस प्रति गम्भीर हुन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

उसो त जनसंख्याको अनुपातले धान्न नसक्ने नेपालका अस्पताल र त्यसमाथिको इमर्जेन्सी सेवामा भएको कम क्षमताले विरामीले थप सास्ती भोग्दै आएका छन् । बिशेष चिकित्सा भित्र पर्ने अस्पतालको इमर्जेन्सीको ब्यबस्थापन गतिलो बनाउनु अस्पतालको सम्यताको द्योतक पनि हो । तर यसतर्फ कमाउ धन्दामा लिप्त अस्पतालहरुले ध्यान पु¥याउन नसक्नु दुःखद पक्ष मानिएको छ ।

Comments

comments