-केशव कँडेल,संयोजक,एनआरएनए भिक्टोरिया

मेलबर्न । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ वेल्फयेर फर स्टुडेन्ट स्थापनार्थ आर्थिक कोष संकलन गर्ने उदेश्यले शुरु गरिएको वाक् फर वेल्फयर भिक्टोरियामा आइपुगेको छ । एनआरएनएले शुरु गरेको यो कार्यक्रम यसअघि पर्थ,सिड्नी र ब्रिसवेनमा सफलतापूर्वक सम्पन्न भैसकेको छ । अब यही अप्रिल १७ मा मेलबर्नमा वाक् फर वेल्फयर कार्यक्रमको आयोजना हुँदैछ । यसको संयोजन एनआरएनए भिक्टोरियाले गर्दैछ । उक्त दिन विहान १० बजेदेखि शुरु हुने कार्यक्रममा सहभागी बन्न एनआरएनएले सबै मेलबर्नवासी नेपालीलाई अपिल सहितको अनुरोध पनि गरेको छ । यो कार्यक्रमबाट १ करोड रुपैयाँ संकलन गरि विद्यार्थी कल्याणकोष स्थापना गर्ने एनआरएनएको योजना छ ।
यसैबीच वाक् फर वेल्फयर कार्यक्रम र विद्यार्थी कल्याण कोषबारे एनआरएनए भिक्टोरिया संयोजक केशव कँडेलसँग हिमालयन कङ्गारुले छोटो कुराकानी गरेका थियौं । प्रस्तुत छ सोही कुराकानीको सार संक्षेप :

वाक् फर वेल्फयर’ अनि’ वेल्फयेर फर स्टुडेन्ट’ कस्तो कार्यक्रम हो ?

वाक् फर वेल्फेयर एउटा विशुद्ध कोष संकलनका लागि गरिएको सामाजिक अभियान हो । यसबाट संकलन भएका कोष अष्ट्रेलियामा अध्ययनका लागि आएका विद्यार्थीहरुको सहायतामा खर्चिनेछ । साथै विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रमहरुमा समेत कोषको सहयोग रहनेछ । त्यसैले वाक् फर वेल्फेयर अभियानबाट जति पनि रकम उठ्छन्,ती सबैलाई सीधै वेल्फयेर फर स्टुडेन्ट’ कोषको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ । यो अभियान समापन भएपछि कोषका लागि जम्मा भएको रकमको पारदर्शी विवरण र कोष सञ्चालन विधि समेत सार्वजनिक गरिनेछ ।

यो कार्यक्रम को लक्ष्य के हो ?

एउटा प्रष्ट हुनैपर्ने कुरा के छ भने वेल्फयेर फर स्टुडेन्ट’ कोष भने विद्यार्थीहरुको कलेज फि तिरिदिनका लागि स्थापना गर्न लागेको होइन । यो साँच्चिकै अप्ठ्यारामा परेका विद्यार्थीहरु जस्तै गम्भीर उपचारको आवश्यकता परेका विद्यार्थीहरुको सहयोगका लागि हो । यसदेखि बाहेक विभिन्न चेतना,जागरण,रोजगारमुलुक कार्यक्रमहरुका साथै विद्यार्थीहरुको सशक्तिकरण लगायतका कार्यक्रमहरु पनि गरिनेछ । यी कार्यक्रमहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई नै सम्बोधन गर्नेछ ।

विद्यार्थीहरु कसरी लाभन्वित हुन्छन ?

अहिले हामी यसबारेमा जानकारी दिने उदेश्यले वेवसाइट मार्फत अनलाइन मञ्च तयार पार्ने,बुकलेटहरु प्रकाशन गर्नेबारे छलफल गर्दैछौं । अहिले एनआरएनले शुरु गरेको यो अभियानमा अरुको पनि साथ र समर्थन प्राप्त हुनेमा हामी विश्वस्त छौं ।

विद्यार्थीहरु एनआरएनएका सदस्य होइनन् । किन तिनीहरुका लागि कार्यक्रम गर्नुपर्यो ? यो कोषको प्रयोग कसरी हुन्छ ?

नेपालको संविधानले विद्यार्थीहरुलाई एनआरएनको सदस्य हुनबाट बञ्चित गराएको छ । तर उनीहरुको हरेक अप्ठ्यारा र समस्यामा साथ दिनु हाम्रो अभिभावकीय दायित्व नै हो । हामीले विर्सन नहुने कुरा के छ भने हामी पनि विद्यार्थी चरण पार गरेर नै यहाँसम्म आइपुगेका छौं । विद्यार्थीहरुका समस्या र चुनौति के के छन् भन्नेबारे हामी राम्रैसँग अपडेटेड छौं । त्यसैले कोषको कार्य क्षेत्र बनाउँदा कसरी धेरै भन्दा धेरै विद्यार्थीहरुका समस्या र चुनौतिलाई सम्बोधन गर्न सकिन्छ भन्नेबारे एनआरएनए र विद्यार्थी दुवै लाग्न आवश्यक छ ।

walk for peacee

Comments