काठमाडौं । भर्खरै ड्रिम्स चलचित्रबाट निर्देशकीय सफलताको स्वाद चाख्न पाएका नायक भुवन केसीले नयाँ वर्षको अवसरमा छोरी काजल र छोरा अनमोलसँगको संयुक्त तस्विर सार्वजनिक गरेका छन् । यसअघि उनी छोरा अनमोल केसीसँग पटक—पटक देखिदैं आएपनि संयुक्त तस्वीर भने पहिलोपटक सार्वजनिक गरिएको हो ।

उनले छोरी काजल र अनमोललाई दायाँ—बायाँ राख्दैं तस्विर खिचाएका छन् । मंगलबार सार्वजनिक भुवनको तस्विरमा काजल पनि अनमोलजतिकै क्युट देखिएकी छिन् । भुवनले दायाँ पट्टी छोरा अनमोल र दायाँतिर छोरी काजललाई राखेर तस्विर खिचाएका छन् ।

पलाञ्चोक भगवतीमा खिचिएको उक्त तस्विरको क्याप्सनमा भुवनले लेखेका छन्, ‘काजल, अनमोल र म पलान्चोक भगवतीमा ।’ जसमा काजल सेतो पहिरनमा देखिएकी छिन् ।

काजल उनकी जेठी श्रीमती विजयाबाट जन्मिएकी हुन् । विजयाबाट काजलसँगै उनका छोरा विवेक पनि छन् । जो अहिले अमेरिकामा बस्दैं आएकी छन् ।

काजलको नाममा कम्पनी खोलेर भुवनले झण्डै १९ वर्षदेखि फिल्म निर्माण गर्दै आएका छन् । काजलको विहे भने सन् २०११ अमेरिकामा बस्दैं आएका भारतीय मूलका पुनित रायसँग भइसकेको छ । जसमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत शीर्ष नेताहरु सहभागी भएका थिए ।

लभ म्यारिजका गरेर दोस्री श्रीमतीका रुपमा भित्र्याएकी सुस्मिता भने अनमोल केसी जन्मिएका हुन् । सुस्मितासँग पनि भुवनको वैवाहिक सम्बन्ध १० वर्षभन्दा बढी समय टिक्न सकेनन् ।

भुवन श्रीमतीसँग छुटिएपछि आफ्ना सन्तानहरुसँग भने एकदमै निकट रहँदै आएका छन् । काजोल र अनमोलसँगको यो तस्वीरले यसलाई पुष्टि गरेको छ ।

Comments

comments