काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिदैछ । त्यसअघि वैठकमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ ।

हिजो नै जवाफ दिने कार्यक्रम रहे पनि ढिला गरी बैठक सुरु भएको र लेखा आयोगको प्रतिवेदन पेश भएकाले आजका लागि सरेको हो । अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । हिजोसम्म १० समूहमा सबै टोली नेताले सुझाव दिइसकेका छन् । सरकार सञ्चालन, संघीयता कार्यान्वयनमा अग्रता, पार्टी संगठन चुस्तता लगायतका विषयमा सुझाव आएको छ ।

केन्द्रीय सदस्यले नेतृत्व गुटभन्दामाथि उठ्न नसकेको, महाधिवेशन भएको २ बर्ष पुग्नै लाग्दा पनि बिभिन्न संगठन र विभागले पूर्णता नपाएको, पार्टीमा मनपरीतन्त्र बढेको भन्दै असन्तुष्टि जनाएका थिए । समूहको निस्कर्षमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि संसोधनसहित प्रतिवेदन पारित हुनेछ ।

Please follow and like us:

Comments