मेलबर्न । धेरै अरु विद्यार्थी जस्तै डिकेन स्याङ्तान तामाङ पनि उज्यालो भविष्यको सपना लिएर अष्ट्रेलिया छिरेका हुन् । अध्ययनको अलावा गीत संगीत र फोटोग्राफी उनको हवि हो । त्यसमा पनि फोटोग्राफीमा उनको अझ बढी चाख छ ।

त्यसैले कुनै फरक दृश्य देख्ने वित्तिकै क्यामरा तस्र्याइहाल्छन् र तस्वीरमा सुन्दर ढंगले उतारिहाल्छन् । व्यस्त विद्यार्थी जीवनको बाबजुद पनि उनले थुप्रै सुन्दर फोटोहरु खिच्न भ्याइसकेका छन् । अहिले आफ्नो शौखका लागि मात्र फोटोग्राफी गरिरहे पनि केही समयपछि व्यवसायिक रुपमै यसमा लाग्ने उनको योजना छ । उनी भन्छन्“कुनै कुरामा मनैबाट ईच्छा भए जस्तोसुकै अवस्थामा पनि त्यो हासिल गर्न तयार हुने रहेछौं । म त्यहि गर्दैछु ।

नेपाल हुंदादेखि नै विभिन्न ईभेन्टमा हिड्ने उनी मेलबर्नमा पनि उत्कृष्ट फÞोटोग्राफÞर भएर छाउने सुरमा छन् ।

प्रस्तुत छ डिकेनले खिचेका केही आकर्षक तस्बीरहरु :

1

2

3

4

Please follow and like us:

Comments