काठमाडौं । विद्यालय बाहिर रहेका बालबालिकाहरुसम्म शिक्षाको पहुँच पुर्याउँने लक्ष्य सहित सरकारले विहीवारदेखि विद्यार्थी भर्ना अभियान शुरु गर्दैछ ।

सरकारले १२ वर्षदेखि भर्ना अभियान चलाउँदै आएपनि अझै साढे ५ लाख बालबालिका विद्यालयबाहिर छन् । यसवर्ष पनि सरकारले ‘हामी सबैको इच्छा सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर बिहीवारदेखि भर्ना अभियान सञ्चालन गर्न लागेको हो ।

हरेक वर्ष तामझामका साथ गरिने सरकारी भर्ना अभियानले सीमान्तकृत र अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालयमा तान्न नसकेको विज्ञहरु बताउँछन् । शिक्षा विभागका अनुसार आधारभूत तय कक्षा (१–८) सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन् ।

तिनमा प्राथमिक तह अध्ययन गर्ने उमेर समूहका मात्रै १ लाख ६ हजार तीन् सय ७ बालबालिका छन् । विभागका अनुसार सामुदायिक र निजी विद्यालयमा ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरु विद्यालय तहमा अध्ययनरत छन् । यसमध्ये ६० प्रतिशत बालबालिका दुर्गम भेगका छन्।

Please follow and like us:

Comments